दफा ८३
दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलबवृद्धिसम्म रोक्का गर्ने
देहायको कुनै अवस्थामा कर्मचारीलाई दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलबवृद्धिसम्म रोक्का गर्ने सजाय गर्न सकिनेछः-
(क) अनुशासनहीन काम गरेमा,
(ख) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुमा उल्लिखित आचरण सम्बन्धी कुराहरु उल्लंघन गरेमा,
(ग) प्रचलित कानून बमोजिम पेश्की फछ्र्यौट नगरेमा,
(घ) पूर्वस्वीकृति नलिई बराबर कार्यालयमा अनुपस्थित रहेमा ।